बाबुरामलार्इ भेट्न अस्पताल पुगे प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलार्इ भेट्रन गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुगेका छन् ।
गत शुक्रबार प्रोष्ट्रेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरेका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका हुन् । प्रचण्डले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
भेटमा दुर्इ नेताबीच वर्तमान राजनीतिक परिवेशबारे छलफल समेत भएको छ । भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, डा भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।’
डा भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुग्नुभएको थियो । अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिए ।
Banuram prachanda