स्वास्थ्य

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी’

काठमाडौं । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ‘एच १ एन १ पिडिएम टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने (कडाखाले मौसमी रुघाखोकी) यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटियो ।

पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ ।

यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एच १ एन १’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् ।

अन्नपूर्ण

विशेष