मनोरञ्जन

भारतीय अभिनेत्री ऋचा चड्डालाई स्वाइन फ्लु !

भारतीय अभिनेत्री ऋचा चड्डालाई स्वाइन फ्लु !


एजेन्सी । भारतमा स्वाइन फ्लु निकै तीव्रताका साथ फैलिरहेको छ । पछिल्लो समय नेपालमा पनि स्वाइन फ्लुको प्रकोप देखिएको छ ।

अहिले अभिनेत्री ऋचा चड्डालाई पनि स्वाइन फ्लु भएको खबर भारतीय अनलाइन मिडियाले उल्लेख गरेका छन् । ऋचाले आफू अमेरिकाबाट फर्किनेबित्तिकै बिरामी परेको र परीक्षण गर्दा स्वाइन फ्लु देखिएको बताएकी छिन् । ‘अमेरिकाबाट फर्किनेबित्तिकै म बिरामी परेँ ।

परीक्षण गर्दा एन वान एन वान भाइरस पोजेटिभ देखियो,’ ऋचाले भनेकी छिन, ‘उपचारपछि म अहिले हल्का हिँड्न सक्ने भएकी छु । मेरो फिल्म ‘फुकरे रिटन्र्स’ ८ सेप्टेम्बरमा रिलिज हुँदै छ । त्यसैले म जसरी पनि निको हुनुपर्छ ।’

फुकरे रिटन्र्स सन् २०१३ को ‘फुकरे’ फिल्मको सिक्वेल हो । फिल्ममा ऋचाका साथ पुलकित सम्राट, अली फजल, मञ्जोत सिंह, वरुण शर्मालगायतले अभिनय गरेका छन् ।

विशेष