समाज

नौ सय उद्योग दर्ता

नौ सय उद्योग दर्ता

साउन २५ । आर्थिक वर्ष २०७३/४ मा साना तथा मझौला गरी ८८९ उद्योग दर्ता भएको छ ।

उद्योग विकास कार्यालयका प्रमुख दिलीपबहादुर चन्दका अनुसार गत आवमा ६७५ वटा प्राइभेट लिमिटेड कम्पनी, १५३ वटा लघुउद्यम उद्योग र ४२ वटा साझेदारी फर्म दर्ता भएको छ ।

साना र मझौला उद्योगमा रु ९१ करोड ४६ लाख २९ हजार पुँजी लगानी रहेको छ । ती उद्योगबाट रु ९४ लाख ८३ हजार ८२३ राजश्व संकलन भएको चन्दले बताउनुभयो । दर्ता भएका उद्योगमा दुई सय २० महिला र चार सय ७३ पुरुषले रोजगार पाएका छ ।

आव २०७२/७३ मा साना र मझौला गरी ६ सयभन्दा बढी उद्योग दर्ता भएका थिए । सरकारले कृषि क्षेत्रको विकासका लागि सहुलियत ऋण तथा अनुदानको कार्यक्रम ल्याएसँगै कृषिमा आधारीत उद्योग दर्ता भएका थिए ।

udhyog

विशेष