मनोरञ्जन

बाबा रामदेवले अब फिल्म खेल्ने

बाबा रामदेवले अब फिल्म खेल्ने

साउन २५ । योगगुरुदेखि पतञ्जलीको फस्टाउँदो व्यवसायसम्म याेगगुरू बाबा रामदेवको चर्चा चुलिएकै छ । यसमाथि पनि अब उनको चर्चा फेरि चुलिने भएको छ ।

चर्चित नृत्यमा आधारित रियालिटि शोमा अतिथी निर्णयकको भूमिकामा आएसँगै अब योगगुरु रामदेवले फिल्म खेल्ने भएका छन् । उनले फिल्म ’ए हे इन्डिया’मार्फत बलिउड डेब्यु गर्दै छन् ।

राष्ट्रभक्ति कथामा आधारित फिल्मको ‘सैंया सैंया’ बोलको गीतमा उनको मुख्य फिचरिङ रहने भएको हो । तापेश पन्वारको कथामा बन्न लागेको फिल्मलाई लोम हर्शले निर्देशन गर्दैछन् । फिल्मले २५ वर्षिय गैर आवसायि भारतिय युवाको कथा पस्कने बताइएको छ ।

फिल्ममा अन्य कलाकार ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ । फिल्मको राजस्थान, बिहार, मध्यप्रदेश र गुजरातमा छायाँकन गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेष