स्वास्थ्य

यस्ता छन् क्वाँटी खानुका १५ फाइदा

यस्ता छन् क्वाँटी खानुका १५ फाइदा

कतिपय खानेकुराका परिकार भान्छामै अाैषाधी बन्न सक्छन् । त्यसकाे गतिलाे उदाहरण हाे क्वाटी ।  चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने क्वाटीका फाइदा यस्ता छन् ।

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो
२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।
३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्छ ।
४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
५. यो सजिलै पाच्य हुन्छ ।
६. पेटमा अनावश्यक वायु बनाउँदैन ।
७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
१४. पाचनशक्तिमा सुधार ल्याउँछ ।
१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

स्वास्थ खबरबाट

Quati

विशेष