महर्जन परिवारलाई ४० हजार सहयोग
काठमाडौं । परिवारमा एकजनाको कलेजो प्रत्यरोपण गरिएको अर्को सदस्यको मिर्गौला फेल भएर संकटमा जीवन गुजारा गरिरहेको काठमाडौंको एक परिवारलाई सहोदार दाजु–बहिनीले ४० हजार सहयोग गरेका छन् ।
भारतको नयाँदिल्लीस्थित भोलेजी महाराज र मााता मंगलाजीद्वारा सञ्चालित द हंश फाउन्डेसन र हंश कल्चरल सेन्टरमा कार्यरत ललित अधिकारी र देवकी अधिकारीले हिराकाजी महर्जनको परिवारलाई यस्तो सहयोग गरेका हुन् । हिराकाजीको कलेजो प्रत्यारोपण गरिएको छ । उनलाई छोरी सरिता महर्जनले आफ्नो कलेजो दान गरेकी थिइन् ।
हिराकाजी मात्रै नभएर उनकी पत्नी मन्जु महर्जनको पनि दुवै मिर्गौला फेल भएको छ । काठमाडौं लगन–१२ मा बस्ने यो परिवारको जीवन अत्यन्त दुःखद स्थितिमा पुगेकोले उनीहरुलाई सहयोग गरेको दाता ललित अधिकारीले बताए ।