मनोरञ्जन

विवाह अघि सेक्स नगरेकै राम्रो : भूमी पेडनेकर

विवाह अघि सेक्स नगरेकै राम्रो : भूमी पेडनेकर


नयाँ दिल्ली । बलिउड अभिनेत्री भूमि पेडनेकरले विवाहअगाडिको शारीरिक सम्पर्कबारे रमाइलो खुलासा गरेकी छन् । उनी भन्छिन, ‘आजकल प्राय सबै बन्द कोठाभित्र यो काम गर्छन् । यो कुनै ठूलो कुरा होइन । विवाहअगाडिको यौन सम्पर्कलाई हामी लुकाउँछौं, यसलाई रहस्यमय हौवा बनाएर राख्छौं ।’

‘आजकलका युवायुवतीलाई करिअरबाहेक अरु कुनै चिन्ता र चासोले सताउँछ भने त्यो यस्तै सम्बन्ध नै हो ।’ भूमिले नयाँ पुस्तालाई सन्देशमुलक अभिव्यक्ति दिएकी छन् जसले ढोंगको मकुन्डो उतार्न सघाउँछ । ‘आजका युवा आफ्ना समस्याहरुको फिल्म हेरेर समाधान खोज्न खोज्छन् । कतिपयले त आफ्नो प्रिय फिल्म स्टारको जीवनबाट सिक्न खोज्छन् ।’

उनले विवाह अगाडि शारीरिक सम्पर्क राखेका जोडीहरुलाई उपयोगी टिप्सहरु पनि दिइन् ।

‘टा‘यलेट एक प्रेम कथा’ र ‘जोर लगा के हाइशा’ बाट चर्चित बनेकी भूमिलाई प्रश्न थियो

बिना सेक्स पनि रहन सकिन्छ नि विवाहअघि ?

उनको जवाफ थियो, ‘सेक्स शब्दलाई हामी नकरात्मक रुपमा लिन्छौं । प्रायः युवतीहरुलाई विपरित लिंगीबाट बच र केटा र केटी साथी हुन सक्दैनन् भनेर सिकाइन्छ, डराउने बनाइन्छ ।’

उनले नयाँ पुस्ता एउटा प्रगतिशील समाजमा रहेको भन्दै समाज बदलिरहेको स्पष्ट पारिन् । सेक्स शब्दसँग जोडिएको फोहोरलाई हटाउनुपर्नेमा उनले जोड दिइन् । भूमिलाई सबैलाई यौन शिक्षा दिनुपर्छ भन्नेमा दृढ छिन् ।

विशेष