मनोरञ्जन

हिट फिल्म नदिदाँ पनि किन आउँछन् ऋतिक चर्चामा ?

२६८० करोडका मालिक

हिट फिल्म नदिदाँ पनि किन आउँछन् ऋतिक चर्चामा ?

एजेन्सी । बलिउडमा ‘ग्रीक गड’ को नामबाट आफ्नो पहिचान बनाएका ऋतिक रोसन यी दिनहरुमा खुब लाइमलाइटमा आइरहेका छन् । फिल्म र अभिनयलाई लिएर नभएर उनी सम्बन्धका कारण विवादमा आउँछन् । कंगना रनौटको एक अन्तर्वार्ताका कारण उनी फेरि पनि चर्चामा आएका छन् । कंगनाले आफ्नो र ऋतिकसँगको सम्बन्धबारे धेरै कुरा खुलेर बताएकी छिन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको ऋतिकको फिल्म ‘काबिल’ ले त्यत्ति राम्रो व्यापार गर्न सकेन । यतिबेला उनलाई कुनै पनि फिल्मको अफर छैन ।

केही समययता कुनै पनि हिट फिल्म नदिएका ऋतिकको चर्चा भने जता पनि चलेकै हुन्छ । उनी २६८० करोडको सम्पत्तिका मालिक हुन् । छोराहरुसँग पनि आफ्नो सम्बन्ध धेरै राम्रो भएको बताउँछन् ऋतिक । हालै एक अन्तर्वार्तामा बोल्दै उनले बताए, ‘ऋहान र ऋधानसँग मेरो धेरै बलियो बोन्डिङ छ । मेरो लागि बाबु भनेर बोलाइनुमात्र सबथोक होइन । म त्यसलाई पूर्ण रुपमा जिउन चाहन्छु । हरेक दिन बच्चाहरुसँग यसरी मिल्छु जस्तो आज नै पहिलो पटक भेट्दै छु र पहिलो पटक बाबु बन्दै छु ।’

ऋतिकसँग वल्र्ड फेमस रोल्स रोयस घोस्ट सिरिज २, मर्सिडिज एस ५००, जगुआर एसजे, फेरारी मोडेना, माज्रराटी स्पाइडर, पोर्श केन्ने टर्बा, रेंजरोवर स्पोर्टस् जस्ता लग्जरी कारहरु छन् । उनी ए वर्गर रेष्टुरेन्ट पनि खोल्न चाहन्छन् । यसका साथै ऋतिकको नामको पर्फुम ‘विद लभ फम ऋतिक’ पनि बजारमा आएको छ ।

Hritik Roshan

विशेष