मनोरञ्जन

‘आठ वर्षमा आर्यन बदलिएछन्’ — रेखा थापा

‘आठ वर्षमा आर्यन बदलिएछन्’ — रेखा थापा

काठमाडौं । करिब आठ वर्षसम्म पानी बराबरको सम्बन्ध भएका नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच सम्बन्धमा सुधार आइसकेको समाचार केही समयअघि सञ्चारमाध्यममा ‘हट केक’ बनेको थियो ।

फिल्म ‘रुद्रप्रिया’ को लागि उनीहरु दुईलाई अनुबन्ध गराइएपछि रेखा र आर्यन एकसाथ देखिएका हुन् । फिल्मको सुटिङ लगभग सकिसेको छ । एक अन्तर्वार्तामा बोल्दै रेखाले आठ वर्षमा आर्यनमा धेरै बदलाव लाएको बताइन् । पहिला भन्दा आर्यन अहिले बढि जिम्मेवार भएको रेखाको टिप्पणी थियो । तर, आर्यनले भने आफुले रेखामा त्यत्ति धेरै बदलाव नआएको बताए ।

त्यस्तैगरि रेखाले आर्यनको मन नपर्ने बानीबारे टिप्पणी गर्दै भनिन्, ‘राजनीति गर्न अलि सिक्नुपर्यो । फिल्म इन्डस्ट्रिमा पनि खुरापाती कुरा हुन्छन् । तर, ऊ एकदम सिधा र इमान्दार छ ।’

कात्तिक २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’ सरस्वती थापा र आर्यन फिल्मस्द्वारा निर्माण भएको हो । फिल्मलाई सुदिप बबी भूपल सिंहले निर्देशन गरेका हुन् ।

 

Rekha Aryan

विशेष