मनोरञ्जन

मिस कोशी २०१७ को उपाधि प्रिया खड्कालाई

मिस कोशी २०१७ को उपाधि प्रिया खड्कालाई

विराटनगर । करिजम्याटिक एडभान्टेज एभरटाइजिङ्गको आयोजनामा विराटनगरमा सम्पन्न भएको करिजम्याटिक मिस कोशी २०१७ को उपाधि प्रिया खड्काले जितेकी छन् ।

प्रतियोगिताको फस्ट रनरअप मोरङ कटहरीकी मोनिका देवकोटा घोषित भइन भने सेकेण्ड रनरअप मोरङ अमरदहकी बिना तामाङ्ग घोषित भएकी छन् ।

स्थानिय विरेन्द्र सभागृहमा सम्पन्न भएको फाइनल राउण्डमा लर्डबुद्ध कलेज विराटनगरमा अध्ययनरत विजेता खड्काले उपाधीसंगै नगद २५ हजार र विन्दावासीनी म्यूजिक कम्पनीबाट २ वटा म्यूजिक भिडीयोमा खेल्ने मौका पाएकी छन् । उनले त्यो सँगै विभिन्न उपहार पनि पाएकी छन् ।

त्यसैगरी फष्ट रनरअप मोनिका र सेकेन्ड रनरअप बिनालेपनि उक्त म्यूजिक कम्पनीले उत्पादन गर्ने म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका पाउने भएका छन् ।

प्रतियोगिताको मुख्य निर्णायकमा गायक रामकृष्ण ढकाल रहेका थिए । त्यस्तै कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, उद्योग संगठन मोरङको अध्यक्ष मुकेश उपाध्याय, मोरङ व्यापार संघको अध्यक्ष एवं सांसद पवनकुमार सारडालगायतको सहभागीता रहेको थियो ।

प्रत्येक वर्ष हुँदै आएको प्रतियोगीतालाई आगामी दिनमा पनि निरन्तर दिने करिजमेटिक एडभरटाइजिङका चियरपर्सन अमलेस कर्णले जानकारी दिए ।

 

Miss Koshi

विशेष