समाज

यी हुन् नक्कली महिला प्रहरी, रकम असुल्न यिनले केसम्म गरिनन् ?

यी हुन् नक्कली महिला प्रहरी, रकम असुल्न यिनले केसम्म गरिनन् ?

काठमाडौं । नक्कली प्रहरी बनी अपहरण गर्दै मोटो रकम असुल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अपहरण गर्ने तीन जनालाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाको थवाङका ३० वर्षीय सुनिलकुमार कामी, रोल्पाकै २४ वर्षीया आत्मियता बुढामगर र रुकुम भुमेका २२ वर्षीय जितेन्द्र सुनार रहेका छन् । 

उनीहरुले आफू सीआईबबीको र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीे भएको भन्दै दाङको घारोही उपमहानगरपालिका–१८ का ५३ वर्षीय हस्तबहादुर नेपालीलाई अपहरण गरेका थिए ।

अपहरणकारी आत्मियताले उनलाई पुरानो चिनजानका साइनो जोड्दै बोलाएर अपहरण गरी काठमाडौंकै एक होटलमा राखेकी थिइन् । पछि सुनार र कामी आएर बन्धक बनाई पाँच लाख रुपैयाँ मागेका थिए । पाँच लाख रुपैयाँ नभएपछि हस्तबहादुरले ७८ हजार रुपैयाँ दिएको र बाँकी रकम पछि दिने कागज गरेपछि उनलाई छाडिएको थियो । पुनः पछि फोन गरी बाँकी रकम माग्दै ज्यान मार्नेसम्मको धम्की दिएको पीडितले प्रहरी समक्ष बयान दिएका छन् ।

विशेष