सात वर्षको निर्वासन जीवन पछि नवाज सरिफ पाकिस्तान फिर्ता
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ पाकिस्तानमा सैनिक कु भए पछि ७ बर्षको निर्वासन जिवन पछि आफ्नो मुलकु पाकिस्तान फर्किएका थिए । सन्
१९९९ मा पाकिस्तानका सैनिक शासक परवेज मुसर्रफले लोकतान्त्रिक सरकारलाई अपदस्त गरी सैनिक शासन लागू गरेका थिए । त्यसबेलाका तात्कालिन प्रधानमन्त्री नवाज सरिफ दुबईमा निर्वासन जिवन विताएका थिए ।
उनी सन् २००७ सेप्टेम्बर १० अर्थात आजकै दिन पाकिस्तान फकिएका हुन् । त्यसपछि उनी २७ जुलाई २०११ मा फेरी पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । हाल उनलाई पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्स मुद्दामा दोषी ठहर गरी पदमुक्त गरेको छ ।