‘ठग पत्रकार’ वैद्यनाथजी, यो त अति नै भएन र ?
पत्रकारिताको आवरणमा कहिलेसम्म कुकृत्य गरिरहने ?
मेरो नाम रवीन्द्र साह हो । घर सप्तरीको तिलाछे कोइलारी गाउँपालिका वडा नम्बर ६ मा पर्छ । यहाँ यादवहरुको संख्या बढी छ । हामी साहहरुको दुई घर मात्र छ । यही ठाउँमा बस्छन्, पत्रकार वैद्यनाथ यादव । उनको र मेरो घर दुई सय मिटरको दूरीमा मात्र पर्छ ।
पत्रकार यादवले हामीमाथि लामो समयदेखि अन्याय र अत्याचार गरिरहेका छन् । उनका हरेक अन्याय र अत्याचार हामीले सहँदै आएका छौं । अब भने सहन सक्दैनौं । यसमा सञ्चार माध्यमले पनि हामीलाई साथ दिनुपर्छ जस्तो लाग्छ ।
पत्रकार यादव हाम्रो लागि दानवजस्तै छन् । उनको हेपाहा प्रवृत्ति देख्दा यस्ता पनि मानिस जन्मदा रहेछन् जस्तो लाग्छ । साँच्चै भन्ने हो भने, उनले हामीहरुको खुसी लुटेको छ, हामीलाई चयनसँग बाँच्न पनि दिएका छैनन् । हामी मरेर बाँच्नु परिरहेको छ ।
उनका ज्यादतिबारे हामीले प्रहरी प्रशासनमा लिखित उजुरी पनि दिएका छौं । तर प्रहरी प्रशासन हाम्रो कुरै सुन्दैन । पत्रकार यादव उल्टै बरु प्रहरी प्रशासनको धाक लगाउँछ, मैले चाहेँ भने तिमीहरुलाई एकै छिनमा सिध्याउन सक्छु भनेर रवाफ देखाउँछ ।
हामी किसान मजदुरी गरेर खाने मान्छे हौं । हामी सानो जातको मान्छे हौं । किसानी मजदुरी गरेर खानु र सानो जातको भयो भन्दैमा हेप्न पाइन्छ ? पत्रकार यादवले हामीलाई केसम्म गरेका छन् भने खेतीपाती लगाउँ, खेतमा गाइबस्तु छाडिदिन्छन् । केही काम गरौं त्यसमा पनि भिलेन खेल्छन् । कुरा ग-यो, प्रहरीको फुर्ती लगाएर उल्टै जाइलाग्छन् । उनको व्यवहारले के दिन के रात, कुनै पनि दिन हामीले सन्तोषले बस्न पाएका छैनौं, सुत्न पाएका छ्रैनौं । त्रासै त्रासमा हामी बाँचिरहेका छौं ।
अस्ति शुक्रबारको मात्र कुरा हो । वैद्यनाथ यादव, उनका भाइ श्यामसुन्दर र चन्देश्वर यादव (रवीन्द्रले पनि चिनिन्छन्) लगायत १५ जनाले मेरो भाइ विद्यानन्दन साहलाई बाटोमा हिँडिहरेका बेला कुटे । भाइ कुदेर घरसम्म आए । हामीले पनि उनीहरुलाई लखेट्न खोज्यौं । तर गाउँलेले नराम्रो हुन्छ भनेर हामीलाई घरभित्र राखेर बाहिरबाट ढोकामा चुकुल लगाए । तर, उनीहरुको मनपरी रोकिएन । त्यसपछि गाउँलेले ढोका खोलिदिए । त्यहाँ हामी दुई पक्षबीच ठूलै झगडा भयो ।
वैद्यनाथ पक्षधरको कुटाइबाट मेरा बुबा रामदेव साह, आमा शोभादेवी साह, बुहारी सन्तोषी साह र भाइ विद्यानन्द साह सबै घाइते भए । बुबा आमाको टाउको फुट्यो । हामीले पनि वैद्यनाथका भाइ श्यामसुन्दर र चन्देश्वर यादवको टाउको फुटाइदियौं । श्यामसुन्दर र चन्देश्वर वैद्यनाथका काकाका छोरा हुन् ।शुक्रबार भएको घटनामा वैद्यनाथ पक्षधरले मेरो घरमा रहेको एलसीडी टेलिभिजन पनि फुटाइदियो । बुहारी र आमाले लगाएको सुन पनि लुटेर लग्यो । दुई महिनाअघि पनि वैद्यनाथ यादवले मेरो बुबा रामदेवको टाउको फुटाइदिएका थिए ।
अस्ति शुक्रबारको घटनापछि हामीले प्रहरीमा उजुरी पनि दिएका छौं । तर प्रहरीले हाम्रो उजुरीमाथि खासै चासो देखाएको हामीले पाएका छैनौं । हाम्रो उजुरीमाथि प्रहरीले खासै चासो नदिएकाले होला, वैद्यनाथ यादवको फुर्ती झन बढेको छ । उनी डीएसपी, एसपी, इन्सपेक्टर सबै मेरै खल्तीमा छन्, मैले जे भने त्यही उनीहरु मान्छन्, मलाई कसैले पनि थर्काउन सक्दैन भनेर उल्टै फुर्ती हाँक्छन् । उनी अहिले झन बाटोमा हिँडेको देखेँ भने मारिदिन्छु भन्छ ।
म एक्लै भएको भए त म पनि उनलाई किन छाड्थेँ । मलाई मेरो ज्यानको केही मतलव छैन । तर बाबु आमा र बुहारीलाई उसले मार्ला भनेर डर लाग्छ । तपाईंहरुले हाम्रो आवाज सम्बन्धित ठाउँमा पु¥याइदिन सक्नु हुन्छ भनेर गुहारेका हौं । आशा छ, तपाईंहरुले वैद्यनाथ यादवबाट हामीलाई जोगाइ न्याय दिलाइ दिन सक्नु हुन्छ ।
(टेलिफोन कुराकानीमा आधारित । रवीन्द्र साहले आफूलाई पत्रकार भन्न रुचाउने ‘ठग पत्रकार’ वैद्यनाथ यादवले गरेको अन्याय र अत्याचार सुनाएपछि हामीले यसलाई ठाउँ दिएका हौं ।)