खेल

थाइल्याण्ड विरुद्ध नेपालको शानदार जित, सन्दीपले लिए ७ विकेट

थाइल्याण्ड विरुद्ध नेपालको शानदार जित, सन्दीपले लिए ७ विकेट

काठमाडौं ।  एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १० ओभरमै २६ रनको झिनो स्कोरमा आउट भयो ।

थाइल्यान्डको इनिङ ध्वस्त पार्न सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए। यस्तै नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र र किशोर महतोले १.१ विकेट लिए । थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि मलेसियाको क्लम अमन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनाएको थियो ।

नेपालका लागि सर्वाधिक रन बनाएका अनिल कुमार साह सतक बनाउन चुके । उनी ९१ रनमा आउट भए ।  ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का हिर्काए । रोहित पौडेलले २८ रन बटुले । उनले ३० बलमा समान एक चौका र एक छक्का हिर्काए । कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए । यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे । उनले ६१ बल खेलेर ५० रन बनाए । उनले ३ चौका र एक छक्का हिर्काए ।

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए । ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए । अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे । उनले ५७ बलमा ३ चौका प्रहार गरे । सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।

पवन शर्राफ २२ रनमा आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे ।

विशेष