समाज

धुर्मुस–सुन्तलीलाई १० लाखसहित सम्मान

धुर्मुस–सुन्तलीलाई १० लाखसहित सम्मान

काठमाडौं ।   तराईका बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माणमा सहयोग जुटाउन क्यानडा पुगेका चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई क्यानडाको क्यालगेरीमा डाँफे स्पोर्टस् क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा १० लाख रुपैयाँसहित सम्मान गरिएको छ ।

क्यालगेरीमा रहेको मंगोलियन ब्यांक्वेटमा आयोजना गरिएको कार्यक्रममा धुर्मुस सुन्तलीलाई डाँफे स्पोर्टस् क्लब र क्यालगोरीमा बसोबास गर्ने युवाहरुको संयुक्त प्रयासमा उक्त सम्मान गरिएको हो ।

“हामीले क्यानडाबाट केही सहयोग संकलन गर्ने भन्ने सोचेका थियौं, तर यहाँ दर्शकको उपस्थितिले झनै ठूलो आशा दिएको छ,” फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले भनिन्, “क्यानडाको क्यालगोरीमा रहनुभएका नेपालीहरुको माया र साथले सामाजिक कामका लागि झनै ठूलो ऊर्जा मिलेको छ ।” धुर्मुस–सुन्तली अब क्यानडाको एममन्टन र टोरन्टोमा हुने धुर्मुस सुन्तली साँझका लागि त्यसतर्फ जानेछन् ।

विशेष