Technology

एप्पलको आइफोन एट आज सार्वजनिक हुने, यस्तो छ आइफोन एट

एप्पलको आइफोन एट आज सार्वजनिक हुने, यस्तो छ आइफोन एट


एप्पलको आइफोन एट आज सार्वजनिक हुँदैछ ।

एप्पलले एक भव्य समारोहबीच आइफोन एट सार्वजनिक गर्दैछ । आइफोन एट लञ्च हुनुअघि नै यसका केही दमदार फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् ।

एप्पलले आफ्नो आइओएस ११ मा अगमेन्टेड रियालिटी (ए आर) ल्याउने घोषणा गरेको छ । सोही कारणले एप्पलका डेभलपर्सले आइफोन एटका लागि पनि एप्स बनाउन सक्नेछन् । फोन बजारमा आउने बेलासम्ममा यो फिचर तयार भैसक्ने विश्वास गरिएको छ ।

एप्पलले अमेजनको इको तथा गुगलको होमलाई टक्कर दिनका लागि होमपोड ल्याउँदैछ । आइफोन एटले यो स्पिकरलाई पनि सपोर्ट गर्नेछ । आइफोन एटको सबैभन्दा आकर्षक फिचर यसमा रहेको वायरलेस चाजिङ प्रविधि नै हो । एप्पलका अधिकारीहरुले यसको पुष्टि गरिसकेका छन् ।

 

विशेष