चट्याङबाट ३६ चौपाया मरे

रसुवा । चट्याङका कारण एकै किसानका ३६ चौपाया मरेका छन् ।
जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार सोमबार साँझको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका चौंरीगाई आठ, बाख्रा नौ, गाई १७ र कुकुर दुई वटा मरेका हुन् ।
पारच्याङ प्रहरीचौकीबाट सात घण्टाको दूरी पर रहेको घटनास्थलमा केहीबेर अगाडि प्रहरी पुगी क्षतिको थप विवरण लिने काम भइरहेको छ । घटनाबाट गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ सामान्य घाइते भएकी र उनको उपचार स्थानीयस्तरमै भएको प्रहरी प्रमुख क्षेत्रीले बताए ।
lightning animals