सुन तस्करीका मुख्य नाइके माओवादी नेता
काठमाडौं । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे ।
उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए ।२० दिन बिदा लिएर बसेका पौडलेको मोबाईल अहिले स्विच अफ छ ।
पौडेल बिदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो– प्रहरीले बरामद गरेको १५ किलो सुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले सुन तस्करका नाईके पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कविहीन भए ।
पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ । ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले सुन तस्करीमा संगठित जालो सक्रिय रहेको पाइएको र तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको बताए ।
नागरिक