भारतको राजधानी दिल्लीमा बम विष्फोट ३० को मृत्यु १ सय ३० घाइते
सन् २००८ सेप्टेम्बर १२ अर्थात आज भन्दा ९ बर्ष अगाडि भारतको राजधानी दिल्लीमा बम विस्फोट हुँदा ३० जनाले ज्यान गुमाएका थिए । उक्त विष्फोटमा १ सय ३० भन्दा बढी घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उक्त विष्फोट स्थानीय समय अनुसार बेलुका ६ बजेर ३० मिनेटमा भारतको व्यस्त बजारमा गराइएको थियो । उक्त घटनाको जिम्मेवारी पाकिस्तानी आतंकारी संस्था मुजाहिदिनले लिएको थियो ।