समाज

स्वास्थ्य शीविर लिएर नगर प्रमुख गाउँ–गाउँमा

स्वास्थ्य शीविर लिएर नगर प्रमुख गाउँ–गाउँमा

दीपबहादुर घर्ती, जाजरकोट । त्रिवेणी नलगाड नगरपालीकाका प्रमुख टेकबहादुर रावल स्वास्थ्य शिवीर सहित नगर भित्रका गाउँ–गाउँमा पुगिरहेका छन् । सिजनल फुलो तथा भाईरल ज्वरोका बिरामीहरुको उपचार गर्न डाक्टर सहितको टोली लिएर स्वास्थ्य शिवीर सञ्चालन गर्न नगर प्रमुख गाउँ–गाउँमा पुग्ने गरेका हुन ।

बालक देखि वृद्ध सम्मका महिला तथा पुरुषहरुलाई ज्वरो आउने, टाउँको दुख्ने, खोकी लाग्ने, सिंगान बग्ने, रिङगाटा लाग्ने, आँखा पोल्ने जस्ता बिरामीहरुको संख्या गाउँमा बढेपछि स्वास्थ्य शिवीर सञ्चालन गर्न डाक्टर सहित आफु गाउँ–गाउँमा पुग्ने गरेको नगर प्रमुख टेकबहादुर रावलले वताए । नगरकै विकट तथा दुर–दुराजमा रहेका रग्दाको रावतगाउँ र ध्यारगाउँ, लहँको पोखरा, खगेनकोटको जिकुवामा नगरपालिकाको आयोजनामा स्वास्थ्य शिवीर सञ्चालन गरिएको प्रमुख रावलले जानकारी दिए ।

गाउँमा सञ्चालन गरिएको प्रत्येक स्वास्थ्य शिवीरमा करिव १ सय ५० देखि २ सय जना सम्म भाईरल ज्वरोका विरामीहरुले स्वास्थ्य सेवा लिने गरेको प्रमुख रावलले वताए । भाइरल ज्वरोले गाउँका महिला, बालबालिका र बयबृद्धहरुलाई सताई रहेको वेला गाउँमै गएर स्वास्थ्य सेवा दिनु पर्ने प्रमुख रावतलको भनाई रहेको छ । जनताको दुःख, सुःखसंग एकाकार भएर अगाडी बढ्नु नै मेरो मुख्य जिम्मेवारी हो प्रमुख रावलले भने । नगरपालिकाको आयोजनामा गाउँमै स्वास्थ्य शिवीर सञ्चालन भएपछि आफुलाई उपचार गराउन निकै सजिलो भएको जिकुवाका ७१ बर्षिय धननजय नेपालीले वताए ।

आफु विरामी भएको हप्ता दिन वितिसकेको थियो तर, उपचार गर्न बाहिर जान सक्ने अबस्था थिएन नेपालीले भने–“ज्वरो आएर थला परेको म बुढोलाई उपचार गर्न बाहिर लिने मान्छे पनि घरमा कोहि थिएन, गाउँमै स्वास्थ्य शिवीर सञ्चालन भएपछि उपचार गर्न पाए, गाउँमै उपचार गर्न पाएपछि निकै खुशी भएको छु ।” नगर क्षेत्र भित्रका विभिन्न गाउँमा भाईरल ज्वरोको प्रकोप फैलिएपछि नागरिकलाई स्वास्थ्य सेवा दिन आफुहरु गाउँ–गाउँमै पुग्ने गरेको डा. सन्जय यादवले बताए । गाउँमा स्वास्थ्य शिवीर सञ्चालन गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रलाई दिएको औषधीहरु मध्येवाट केहि औषधी सक्किसकेको पनि डा. यादवले जानकारी दिए ।

अति आबश्यक औषधी नगरपालिकाले नीजि औषधी पसलवाट किनेर दिएपछि आफुहरुले त्रिवेणी नलगाड नगरपालिका–८ स्थित पन्च भयार मावि जिकुवामा स्वास्थ्य शिवीर सञ्चालन गर्न सफल भएको दल्ली प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज समेत रहेका डा. यादवले जानकारी दिए । साथै उनले प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका लागि आगामी दिनमा आबश्यक पर्ने औषधीको ब्यबस्था गरि दिन नगर प्रमुख रावल र जिल्ला जनस्वास्थ्य कार्यालय समक्ष माग राखेका छन् । 

विशेष