खेल

नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश, भूटान ९ विकेटले पराजित

नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश, भूटान ९ विकेटले पराजित


काठमाडौं । एसिसी एसिया कप यु १९ पुर्वी क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको नेपालले बुधबार दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनमला प्रवेश गरेको छ ।

यस्तै समूह ‘ए’ कै अर्को टोली सिंगापुरले पनि अन्तिम चारमा स्थान बनाएको छ । लगातार दुई खेलमा पराजित भएका भुटान र थाइल्यान्ड भने बाहिरिएका छन् ।
मलेसियाको किनारा ओभल मैदानमा भएको खेलमा ५१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ विकेट गुमाएर ८ दशमलव ३ ओभरमा जित हात पार्यो ।

नेपालका ओपनर सन्दिप सुनार २१ रनमा आउट भए भने आसिफ सेख २३ र अनिलकुमार साह चार रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाएर ५० रन बनाएको थियो । भुटानका टासी फुन्तासोले १६ तथा युग्यान दोर्जेले १३ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५ र सन्दिप लामिछानेले ४ विकेट लिए ।

विशेष