मनोरञ्जन

नाना पाटेकर अर्कैसँग सल्किएपछि टुटेको थियो मनिषाको सम्बन्ध

नाना पाटेकर अर्कैसँग सल्किएपछि टुटेको थियो मनिषाको सम्बन्ध

एजेन्सी । ’सौदागर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मनीषा कोइराला कुनै समय आफुभन्दा २० बर्ष जेठो अभिनेता नाना पाटेकरसँग अफेयर रहेको चर्चा चलेको थियो ।

तर सो सम्बन्ध धेरै समयसम्म चल्न सकेन मनीषाले नाना पाटेकरलाई आयशा जुल्कासँग बन्द कोठामा भेटेपछि कथाले फरक मोड लिएको थियो । उक्त समय मनीषाले दुवैलाई साफ गालि गरिन् । नाना र मनीषा चलचित्र ’अग्निसाक्षी’ को क्रममा नजीक भएका थिए ।

नानासँग आयशालाई देखेर मनीषाले दुवैलाई राम्रो नराम्रो मात्र बोलिनन् सो घटना बढेर झगडासम्म पुग्यो । तर मनीषालाई नानाले समझाए । रिसाएकी मनीषा सो समय त मानिन् तर उनले नानाको श्रीमति नीलकांतिलाई छोडपत्र गरेर आफुसँग विवाह गर्न प्रस्ताव राखिन् । नाना श्रीमति नीलकांतिलाई छोडपत्र दिन तयार थिएनन् । अन्त्यमा मनीषाले नानाको जीवनबाट टाढिने निर्णय गरिन् ।

नाना र मनीषाले संजय लीला भंसालीको चलचित्र ’खामोशी द म्यूजिकल’ मा पनि सँगै अभिनय गरेका छन् । सोहि क्रममा आफ्नो सम्बन्धको बिषयमा दुवैले सार्वजनिक गरेका थिए । साथै नाना र मनीषाबीच साना तिना झगडाका समाचार पनि आउने गर्दथे । नाना पाटेकर मनीषालाई लिएर निकै सोचमा हुन्थे । उनि मनीषा कुनै पनि पार्टीमा छोटो कपडा नलगाउन र अन्य पुरुषसँग गफ नगरुन् भन्ने चाहान्थे ।

सन् १९९८ मा आएको चलचित्र ’युगपुरुष’ को सुटिङको क्रममा नानाले मनीषाको कपडा माथि आपत्ति जनाएका थिए । सो समय दुवैबीच झगडाका साथै केहि दिन सम्म बोलचाल पनि भएको थिएन ।

नाना पाटेकरसँग मनीषा कोइरालाको डेटिङ हुदै गर्दा आयशा जुल्काको इन्ट्रि भएको थियो । सन् २००३ मा आएको चलचित्र ’आंच’ मा आयशा जुल्का र नाना पाटेकरले सँगै काम गरेका थिए । चलचित्रमा दुवैले बेडसीन दिएका छन् ।

 

विशेष