खेल

नेपालको लक्ष्य ५० ओभरमा ५१ रन, दिपेन्द्रले लिए पाँच विकेट

नेपालको लक्ष्य ५० ओभरमा ५१ रन, दिपेन्द्रले लिए पाँच विकेट


काठमाडौं । एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता अन्तर्गत नेपाललाई भुटानले ५१ रनको लक्ष्य दिएको छ । मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भयो ।

भुटानको इनिङ ध्वस्त पार्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिए । भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अ‌कमा रन बटुल्न सके ।

दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए । सन्दीपले ४ ओभर मेडन फ्याँके। भुटानले ३ वटा मात्र चौका प्रहार गर्न सक्यो।

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । भुटान भने सिंगापुरसँग ९ विकेटले हारेको थियो । थाइल्यान्डसँग नेपालले पहिलो ब्याटिङ गरेर २ सय ८१ रन बनाएको थियो । अनिल साहले ९१ तथा प्रनित थापा मगरले ५० रनको योगदान गरेका थिए । बलिङतर्फ सन्दीप लामिछानेले ७ विकेट लिएपछि थाइल्यान्ड २६ रनमै अलआउट भएको थियो।

विशेष