खेल

नेपालको अर्को शानदार जित, सिंगापुर ७ विकेटले पराजित

नेपालको अर्को शानदार जित, सिंगापुर ७ विकेटले पराजित

काठमाडौं । एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेर समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।  मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा अलआउट भयो । सिंगापुरको इनिङ ध्वस्त पार्न नेपालका लागि पवन शर्राफले उत्कृष्ट बलिङ गरे । पवनले ६ विकेट हात पारे । यस्तै किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

जवाफि व्याटिङ गरेको नेपालले ६८ रनको लक्ष्य १३  ओभर ४ बलमा पुरा गर्यो । सन्दिप सुनारले सर्वाधिक २० रन बनाए भने अनिल कुमार शाहले १८ रनको योगदान गरे । 
दुवै टोली लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

बुधबार भुटानलाई ९ विकेटले हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

विशेष