खेल

श्रीमती नाममा यस्तो ट्याटु बनाए मेसीले

श्रीमती नाममा यस्तो ट्याटु बनाए मेसीले

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले आफ्नी श्रीमतिप्रतिको प्रेमलाई उजागर गर्न शरीरमा अर्को ट्याटु खोपेका छन् ।

मेसीले पेटको बायाँतर्फ मुनी श्रीमति आन्टोनेला रोक्युजोको ओठको डिजाइनमा ट्याटु खोपेका हुन् । रातो रंगमा खोपिएको यो ट्याटुलाई उनले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेका हुन् ।

लामो समय बार्सिलोनामा सँगै बसेर मेसीले यसै वर्षको जुलाईमा आन्टोनेलासँग विवाह गरेका थिए । उनीहरुबाट पहिले नै २ बच्चा भइसकेको छ । गत २४ जुनमा ३० वर्ष टेकेका मेसी २००८ देखि सँगै बस्दैँ आइरहेका छन् । मेसी र आन्टोनेलाको ४ वर्षको थियागो र २ वर्षको माटियो छोरा छन् ।

विशेष