खेल

खेलाडीले नेपाललाई चिनाएका छन्ः खेलकुदमन्त्री

खेलाडीले नेपाललाई चिनाएका छन्ः खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलाडीले विश्वमा नेपाललाई चिनाउने काम गरेको छ । 

क्यानडामा हुने सातौँ कराते डु गोजु काई ग्लोबल च्याम्पियनमा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अधिकृतको बिदाइ कार्यक्रममा उनले देशका लागि खेल्ने खेलाडीलाई सरकारले पर्याप्त सहयोग गर्न नसकेको बताउँदै भने, “धेरैले खेलाडीले कम स्रोतसाधनका बाबजुद विदेशमा गएर राम्रो सफलता हासिल गरेका छन्, यो देशका लागि खुसीको विषय हो ।’’ 

सेप्टेम्बर २८ देखि अक्टुबर १ सम्म क्यानडामा हुने प्रतियोगिता नेपालका तर्फबाट अच्युतराज उप्रेतीले सहभागिता जनाउनेछन् । उप्रेतीसँगै टिम म्यानेजर अशोक पाण्डे, अफिसियल जनार्दन उप्रेती र अन्तर्राष्ट्रिय कोच इन्द्रबहादुर शाही पनि हुनेछन् । खेलाडी उप्रेतीले आफूले व्यक्तिगत खर्चमा प्रतियोगितामा भाग लिँदै आएको बताउँदै उत्कृष्ट प्रदर्शन गरेर फर्कने दृढता व्यक्त गरे ।

nepal rajendra kumar kc players

विशेष