आज राष्ट्रिय बाल दिवस
काठमाडौं । बाल मैत्री शासनः बाल अधिकारको सम्मान भन्ने नाराका साथ आज राष्ट्रि बाल दिवस मनाइदै छ ।
वि.सं. २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो ।
नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मदिन पारेर भाद्र ४ गते मनाउने गरिन्थ्यो ।
हाल बाल दिवस बि.सं २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार २०६३ सालदेखी भाद्र २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो ।
बाल दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिनु भएको छ ।