सञ्जय दत्तले १२ वर्षपछि गरे बाबुको श्राद्ध
वाराणसी । बलिउड अभिनेता सञ्जय दत्तले आफ्ना बाबु सुनिल दत्तको पहिलो पल्ट पिण्डदान गरेका छन् । हिन्दु मान्यताअनुसार अहिले सोह्र श्राद्धका बेला निधन भएका परिपारका सदस्यलाई पिण्डदान दिने चलन छ ।
सधै विवादमा घेरिने सञ्जयले यसअघि बुवाको पिण्डदान गर्न पाएका थिएनन् । उनले बनारसको चर्चित रानीघाटमा गएर पिण्डदान गरेका हुन् । सञ्जयले आफ्नो बुवाको इच्छा पुरा गर्न बनारसको घाट आएको बताए ।
हिन्दु पुराणमा काशीमा मृत्यु वरण गर्नेले बैकुण्ठको बास पाउने लेखिएको छ । उनले आफ्ना पूर्वज बुवा–आमा, आमा र बुवा दुबै पट्टिका हजुरबुवा–हजुरआमालाई पिण्डदान गरेका थिए ।
सुनिल दत्तको निधन २००५ मा भएको थियो ।