समाज

हवाई मार्गबाट जोडियो चितवन–पोखरा

हवाई मार्गबाट जोडियो चितवन–पोखरा


चितवन । मुलुककै मुख्य २ पर्यटकीय गन्तव्य सौराहा र पोखरा हवाई मार्गबाट जोडिएका छन् ।

शुक्रबार भरतपुर–पोखरा पहिलो उडान भएको छ । पोखराबाट जहाज चढेर आएका प्यासेन्जरलाई भरतपुर विमानस्थलमा खादा लगायर स्वागत गरिएको थियो । नारायणगढ–मुग्लिन सडक स्तर उन्नतिको क्रममा रहेकाले पर्यटक आगमन प्रभावित भएको भन्दै पर्यटन व्यवसायीको आग्रहमा बुद्ध एयरले भरतपुर–पोखरा उडान सुरु गरेको हो । अब नियमित उडान हुने बुद्ध एयरका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले बताए । विमानमा १८ जना यात्रु आए ।

पोखराकालागि आन्तरिक पर्यटकले ३ हजार ६ सय ५० रुपैयाँ बुझाउनु पर्ने छ । त्यस्तै विदेशी पर्यटकका लागि ९२ डलर पर्ने छ । आवश्यकता अनुसार उडान थप गर्न सकिने प्रबन्धक बस्नेतले बताए ।

सौराहाका पर्यटन व्यवसायी पहिलो उडानमा पोखरा गए । पर्यटन प्रवर्द्धन गर्न क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे सहितको टोली जहाज चढेर पोखरा गएको हो । १३ वर्षअघि पोखरा–भरतपुर सांग्रीला एयरले उडान सुरु गरेको थियो । पछि स्काई लाइन एयरले पनि उडान सुरु र्गयो । प्रतिस्पर्धाले गर्दा ८ महिना भन्दा बढी उडान हुन नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

विशेष