समाज

काठमाडौंबाट पोखराका लागि उडेको हेलिकोप्टर  तनहुँमा आकस्मिक अवतरण

काठमाडौंबाट पोखराका लागि उडेको हेलिकोप्टर  तनहुँमा आकस्मिक अवतरण


काठमाडौं । काठमाडौबाट पोखरा बिरामी लिन उडेको एयर डाइनेष्टिको हेलिकोप्टर तनहुँ सदरमुकाम दमौलीमा आकस्मिक अवतरण भएको छ ।

कुहिरोका कारण भिजिविलीटी कम भएपछि हेलिकोप्टर दमौलीमा आकस्मिक अवतरण भएको हो ।  बिहान आठ बजे विपी बनबाटिका मैदानमा अवतरण गराइएको उक्त हेलिकोप्टर दुई घण्टापछि उडेको थियो ।

हेलिकोप्टरमा चालक दलका दुई सदस्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीले बताए ।

विशेष