Technology

आयो पखेटा भएको स्कुटर

आयो पखेटा भएको स्कुटर


काठमाडौं । यामाहा कम्पनीको ०४ जिइन स्कुटरको डिजाइन रन–वे कन्सेप्टमा आधारित छ । यो स्कुटर आकर्षक र डाइनामिक छ । सामान्यत स्कुटरको बडीलाई बाहिरी फ्रेमले छोपिन्छ, तर यो अत्याधुनिक स्कुटरका कयौं डिजाइन फरक छन् । यसको फ्रेमलाई सेमी–ट्रान्सपेरेन्ट बाहिरी पार्ट्समा देख्न सकिन्छ ।

०४ जिइन रिफाइन्ड डायनमिज्म टेक्निकमा आधारित स्कुटर हो । यामाहाले यो स्कुटरको उत्पादनलाई तीव्रता दिएको छ ।

यो स्कुटरमा रियर पारदर्शी पंखाको एक जोडी पनि हुन्छ । यो साँच्चै पखेटा जसरी मोड्न सकिन्छ । फ्रेमले पखेटालाई मोडेपछि पनि यो स्कुटरको लुक्स आकर्षक देखिन्छ । यसका प्रयोगकर्ता बढीजसो महिला हुने अनुमान गरिएको छ ।

महिलामैत्री देखिने यो स्कुटर चढ्ने युवती साँच्चिकै परीजस्ती देखिनेछिन्, तर प्रयोगकर्ताले स्कुटरको पखेटाको रंग तथा पहिरनको रंग भने मिलाउनुपर्नेछ ।

विशेष