मुख्य समाचार

अमेरिकाले दियो नेपाललाई ५० अर्ब सहयोग, विद्युत विकासका लागि खर्च गरिने

अमेरिकाले दियो नेपाललाई ५० अर्ब सहयोग, विद्युत विकासका लागि खर्च गरिने

अमेरिका ।  अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँ ५०० मिलियन डलर को अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन् ।

सम्झौता समारोहमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन ९एमसीसी०का कामु एमसीसीका कामु सिइओ जनोथन मास, अमेरिकाका लागि नेपाली राजदूत डा।अर्जुन कार्की तथा नेपालका लागि अमेरिकि राजदूत एलाइना बी तेप्लिज सहभागी थिए ।

अमेरिकाका लागि नेपाली राजदूत डा।कार्कीले यो सहयोग सम्झौताले नेपाल—अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको प्रतिक्रिया दिए। दुइ देशबीच कुटनीतिक सम्बन्ध स्थापना भए यताकै यो सबैभन्दा ठूलो र सबैभन्दा महत्वपूर्ण सम्झौता भएको उनको भनाइ थियो।

आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्युत र सडकमा खर्च हुने सहयोग रकम नेपालको दीगो विकासका लागि कोशेढुंगा हुनेछ भन्ने विश्वास छ′, सम्झौतामा हस्ताक्षरपछि नागरिकन्युजसँग उनले भने ।

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन एमसीसीबाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाएको हो। अमेरिकासँग दुई पक्षीय सम्बन्ध स्थापित भएयताकै यो सबैभन्दा ठूलो अनुदान सहयोग हो ।

अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता एमसीसीले दक्षिण एशियाली राष्ट्रलाई सहयोग उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको यो पहिलो निर्णय हो। 

सम्झौताअनुसार उक्त रकममा नेपालले १ अर्ब ३० करोड अमेरिकी डलर थप गर्नेछ। नेपालको रकमसहित संयुक्त कोषमा ६३० मिलयिन अमेरिकी डलर हुनेछ। विद्युत र सडक सञ्जाल विस्तारले नेपाललाई क्षेत्रीय राष्ट्रहरुसँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो सहयोगबाट दुई परियोजना सञ्चालन हुनेछन्। इलेक्ट्रिीसिटी ट्रान्समिसन परियोजनाले ३०० किलोमिटर लामो हाइभोल्टेज ट्रान्समिसन लाइन निर्माण गर्नेछ। यसले नेपालको एक तिहाई भूभागमा विद्युत् आपूर्तिका लागि बलियो संरचना स्थापना गर्नेछ। दोस्रो चरणमा यही आयोजनाले क्रस बोर्डर ट्रान्समिसन लाईन विस्तार गरी भारतसँगको विद्युत् व्यापारको बलियो आधार खडा गर्नेछ। दोस्रो आयोजना सडकसम्बन्धी रहेको छ। नयाँ सडकहरु निर्माण गर्दै पुराना सडकहरुको स्तरउन्नति गर्नेछ ।

नागरिक 

विशेष