मुख्य समाचार

प्रदेश नम्बर २ को निर्वाचन सुरक्षाको अवस्था बुझ्न प्रधान सेनापति क्षत्री मधेशमा

प्रदेश नम्बर २ को निर्वाचन सुरक्षाको अवस्था बुझ्न प्रधान सेनापति क्षत्री मधेशमा


काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले धनुषा जिल्लाको धारापानीस्थित श्री मध्य पूर्वी पृतना, सप्तरी जिल्लास्थित श्री भिमदल गण तथा अन्तर्गत सुरक्षा बेश कल्याणपुर, महोत्तरी जिल्लास्थित श्री फष्ट रैफल गण र सर्लाही जिल्लास्थित श्री रणशेर गण तथा अन्तर्गत सुरक्षा बेश मलंगवाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले उक्त पृतना र गण तथा अन्तर्गत सुरक्षा बेशहरुको स्थलगत निरीक्षण गरी विगत श्रावण महिनामा परेको अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, पुल, कल्भर्ट तथा अन्य पूर्वाधारहरुकोे मरामत गरी पुनः सञ्चालनमा ल्याउन नेपाली सेनाको भूमिका सम्बन्धी जानकारी लिएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै क्षत्रीले आगामी असोज २ गते सम्पन्न हुने स्थानीय तह तेश्रो चरणको निर्वाचनको तयारी तथा अपरेशन, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारेमा लिएका थिए ।

विशेष