मनोरञ्जन

यसकारण कंगनाले ‘सुल्तान’ मा काम गर्न अस्वीकार गरिन्

यसकारण कंगनाले ‘सुल्तान’ मा काम गर्न अस्वीकार गरिन्

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौट अभिनित फिल्म ‘सिम्रन’ रिलिज भइसकेको छ । यस फिल्मको प्रचारको समयमा कंगना निकै चर्चामा रहेकी थिइन् ।

सामाजिक सञ्जालबाटसमेत टाढा रहने कंगना मिडियासँग भने सधैँ स्पष्ट रुपमा प्रस्तुत हुने गर्छिन् । जसकारण उनी चर्चामा आउँछिन् । फिल्म प्रचारको समयमा कंगनाले आफ्ना पूर्वप्रेमी ऋतिक रोशनसँगको सम्बन्ध देखि लिएर फिल्म ‘सुल्तान’ मा काम नगर्नुको रहस्य दिल खोलेर बताइदिइन् ।

एक अन्तर्वार्तामा ब्लक्बस्टर रहेको फिल्म ‘सुल्तान’ मा काम नगरेको रहस्य सोध्दा कंगनाले भनिन्, ‘सुल्तान’ मा एकट्रेसको भूमिका धेरै राम्रो थियो । तर, मलाई त्यसमा खासै केही विशेष लागेन । यसमाथि थप्दै उनले भनिन्, ‘आफ्नो अनुकुल समयलाई ध्यानमा राखेर म यस्तो काम गर्न चाहन्छु जुन कामले मलाई प्रेरित गर्न सकोस् । त्यसो भएन भने त म पुरै जीवन मन नै नलागेको फिल्ममा काम गरेरै बिताउँछु । सुल्तानमा एक युवतीको लागि राम्रो भूमिका थियो । तर मैले त्यसमा आफ्नो लागि कुनै मज्जा नै पाइन ।’

Kangana Ranut sultan

विशेष