चट्याङ लागेर मृत्यु

संखुवासभा । पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका– ६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ ।
आज राति ११ बजे परेको चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताए । पानी परेसँगै गड्याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो । जिल्ला अस्पताल खाँदबारीमा शव परीक्षण गरिएको छ ।
lightning sankhuwasabha