पूर्वउपसभामुखकी ज्वाईंमाथि कार्यकक्षमै कालोमोसो र जुत्ताको माला
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई मोबिल (कालोमोसो) खन्याएर जुत्ताको माला लागाउँदै दुव्र्यवहार गरेका छन् । आफ्नै कार्यकक्षमा बसिरहेका ढुंगानामाथि चार जनाको समुहमा विप्लवका कार्यकर्ताले अभद्र व्यवहार गरेका हुन् । त्यसपछि उनीहरु भागेका थिए ।
विप्लवका कार्यकर्ताले इञ्जिनियर ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको त्यहाँ छाडिएको पर्चामा उल्लेख छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको लगायतका आरोप लगाइएको छ ।
इञ्जिनियर ढुंगानाले विप्लवका कार्यकर्ताले चन्दा मागेको र चन्दा नदिएपछि यस्तो हर्कत गरेको दाबी गरेका छन् । ढुंगाना माओवादीकी नेतृ पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीका ज्वाइँ हुन् ।