संवैधानिक अंगमा गाडी सुविधाका लुब्धहरु
काठमाडौं । संवैधानिक अंगका पदाधिकारीमा राष्ट्रले तोकेको मापदण्ड भन्दा बाहिर महंगा गाडी मोह अचम्म लाग्दो गरी बढ्दो छ । राष्ट्रिय सम्पत्तिमा रजाइँ र कमिशनको मोहले उनीहरुलाई सुविधाप्रति यतिविघ्न लुब्ध बनाएको हो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन हुनु भन्दा ठीक ७ दिन अघि असार ८ मा सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई अचानक प्रधानमन्त्री कार्यालयमा सरुवा गर्यो । प्रमुख निर्वाचन आयुक्त सहित निर्वाचन अयोगका पदाधिकारीले काम गर्न गाह्रो भएको भनेर हटाउन दिएको दबाबपछि मैनालीलाई सरुवा गरिएको हो ।
८ महिनादेखि आयोगमा कार्यरत सचिव मैनाीले आयोगका सबै पदाधिकारीलाई गाह्रो हुने के काम गरे होला ? सरुवा भएगतै मैनाली आफैले रहस्य खोले प्रमुख निवाचन आयुक्त र आयुक्तका लागि प्रक्रिया छलेर बिलासी गाडी किन्न नमान्नु । स्थानीय तहको बजेटको रकम दुरुपयोग गरेर उनीहरु विलासी गाडी किन्न चाहन्थे तर सचिव नै बाधक बनेपछि सरुवा गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुविधाको गाडीका रुपमा प्रयोग गरिरहका दुईवटा प्राडो र एउटा महिन्द्रा एक्सक्युभी जीप । उनका लागि हैसियत अनुसारको गाडी नभएको भन्दै नयाँ प्राडो खरीद प्रक्रिया अघि बढाएको छ ।
हिमालय साप्ताहिक