खेल

हङकङलाई हराएर यु–१९ टिम एसिया कपमा छनोट

हङकङलाई हराएर यु–१९ टिम एसिया कपमा छनोट

 

काठमाडौं । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ ।

पहिलो पारीमा हङकङले १० विकेटको क्षतिमा ३२ दशमलव १ ओभरमा ७६ रनको कमजोर स्कोर बनाएको थियो । ७७ रनको विजय लक्ष्य पछ्याएको नेपालले पाँच विकेटको क्षतिमा १४ दशमलव ४ ओभर खेल्दै ७९ रन बनाएको छ ।

मलेसियाको किन्नरा ओभल मैदानमा टस हारेर हङकङले सुरुमा ब्याट समाएको थियो ।
नेपालको यो जीतसँग टिम एसिया कपमा छनोट भएको छ ।

 

विशेष