समाज

गुल्मी जिससका लेखापाललाई विप्लव माओवादीकाे कालोमोसो

गुल्मी जिससका लेखापाललाई विप्लव माओवादीकाे कालोमोसो


गुल्मी । जिल्ला समन्वयन समिती गुल्मीका लेखापाललाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन । आईतवार आफ्नै कायकक्षमा काम गरिरहेका लेखापाल प्रेमलाल भण्डारीलाई ३ जनाको समुहमा आएका विप्लप माओवादीका कार्यकक्ताले कालोमोसो दलेका हुन ।

उनीहरुले हाकिमलाई प्रभावमा पारी जिसस को श्रोत साधनमाथी अनियमितता गरेको, योजनाको रकम भुक्तानी गर्दा उपभोक्ताहरुसगँ कमिसन मागेको, कर्मचारीहरुको सञ्चयकोषको रकम जम्मा नगरेर आफुले अपचलन गरेको लगायतका आरोप लगाउदै कालोमोसो दलेको जनाएका छन ।

साथै उनीहरुले परिवारको नाममा फर्म दर्ता गरेर जिसस अन्र्तगतका ठेक्काहरुवाट कमिसन खाने गरेको, राजनैतिक शक्तिको आवरणमा कार्यालयमा दादागिरी गरेको र भष्टाचार गरि अकुत सम्पति आर्जन गरेको भन्दै कालोमोसो दलेका हुन् ।

कार्यालय बन्द हुने समयमा आफुहरुलाई विप्लव माओवादी बताउने उनीहरुले हामीहरुलाई सहयोग नगर्ने त हैनस भन्दै आफुलाई एक्कासी समातेर कालोमोसो लगाएर भागेको लेखापाल भण्डारीले बताए ।

विशेष