मनोरञ्जन

कंगनाले सारा पोल खोल्दा पनि किन चुपचाप छन् ऋतिक ?

कंगनाले सारा पोल खोल्दा पनि किन चुपचाप छन् ऋतिक ?

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौट यी दिनहरुमा खुब चर्चामा छिन् । अभिनेता ऋतिक रोशन र आदित्य पञ्चोलीसँगको समबन्धबारे खुलेआम दर्शकमाझ प्रस्तुत हुँदा उनीको चर्चा चुलिएको छ । तर, कंगनाले आफ्नो र ऋतिकको सम्बन्धबारे सारा पोल खोल्दा पनि ऋतिक अझै चुपचाप छन् ।

रिपोर्टका अनुसार ऋतिकले आफ्ना बाबु राकेश रोशनका कारण यसबारे केही जवाफ फर्काएका छैनन् । राकेशले ऋतिकलाई यसबारे केही नबोल्न सुझाएका छन् । एक वर्षअघि ऋतिकले कंगनालाई हजार भन्दा बढि मेल गरेको आरोप लगाएका थिए । तर, जुन तरिकाले उनी कंगनाको प्रश्नका जवाफ दिन अगाडि आएनन् यसबाट यो कुरा प्रष्ट हुन्छ की ऋतिक यस मामलामा मुख खोल्न चाहदैनन् ।

कंगनाले ऋतिकमात्र होइन उनका बाबु राकेश रोशनलाई पनि प्रश्नको कठघरामा उभ्याइदिएकी छिन् ।  कंगनाका यस विवादित बयानका कारण केही मानिसहरु उनको विरोधमा पनि लागे भने केही मानिसहरु उनका पक्षमा पनि लागे । हाल कंगना अभिनित फिल्म ‘सिम्रन’ रिलिज भइसकेको छ ।

विशेष