मनोरञ्जन

सञ्जय दत्त जेलमा हुँदा छोराछोरीले ‘बाबा खै’ भन्दा यस्तो जवाफ दिन्थिन् उनकी पत्नी

सञ्जय दत्त जेलमा हुँदा छोराछोरीले ‘बाबा खै’ भन्दा यस्तो जवाफ दिन्थिन् उनकी पत्नी

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको कमब्याक फिल्म ‘भूमि’ यही सेप्टेमबर २२ मा रिलिज हुँदै छ । हाल उनी यसै फिल्मको प्रचारलाई लिएर व्यस्त छन् । फिल्मको प्रचारको समयमा गरिएको कुराकानीमा आफ्नो जीवनसाग जोडिएका धेरै किस्साहरु सञ्जयले सुनाएका छन् ।
जब उनी जेलमा थिए त्यतिबेला उनका छोराछोरी आफ्नी आमालाई सञ्जयको बारेमा सोधिरहन्थे ।

सञ्जयले भने, ‘जब बच्चाहरु मेरी श्रीमती मान्यतासँग मेरोबारेमा सोध्थे उनी सधै झुठो बोलिदिन्थिन्। मान्यता आफ्ना बच्चाहरलाई सञ्जय फिल्मको सुटिङको लागि बाहिर गएको बताउँथिन् ।’ सञ्जयका अनुसार उनी र उनका परिवारको अवस्था त्यतिबेला निकै नाजुक थियो ।

सञ्जयका अनुसार जब उनी जेलमा थिए उनी १५ दिनमा एकपटक परिवारसँग कुरा गर्ने मौका पाउँथे । त्यतिबेला नै उनी छोराछोरीसँग कुरा गर्थे । यसबाहेक अन्य दिन बच्चाहरु मान्यतालाई सञ्जयसँग फोन गराइदिन भन्दा उनी बाहाना बनाउँदै सञ्जय पहाडमा सुटिङ गर्न गएकाले त्यहाँ नेटवर्क नटिप्ने बताउँथिन् ।

सञ्जय बच्चाहरुले आफूलाई कैदीको पोषाकमा नदेखुन् भन्ने चाहन्थे । त्यसकारण पनि उनी श्रीमतीलाई बच्चाहरु लिएर जेल नआउन सुझाउथे । तर, सत्य जति लुकाउन खोजिए पनि सम्भव भएन । बच्चाहरुले बाबु जेलमा भएको थाहा पाएरै छोडे । सञ्जय फर्किएपछि उनीहरुले सञ्जयलाई सोधे, ‘के तपाईं जेलमा हुनुहुन्थ्यो ?’ त्यसपछि उनले जवाफ दिए, ‘हो म जेलमा थिएँ तर किन जेलमा थिएँ भन्ने कुरा तपाईंहरु ठूलो भएपछि बताउनेछु ।’

Sanjay Dutt

विशेष