मनोरञ्जन

बर्षालाई सुख्खा

बर्षालाई सुख्खा

काठमाडौं । अधिकांश कलाकार मयुजिक भिडियोबाट फिल्ममा फड्को मार्छन् । वर्षा सिवाकोटीको हकमा भने ठ्याक्कै उल्टो । ‘नाइ नभन्नु ल ४’ बाट फिल्मी नगरीमा पाइला राखेपछि वर्षा म्युजिक भिडियोतिर मोडिएकी थिइन् । भलै त्यसबीचमा उनले फिल्ममा काम नै नगरेकी भने होइन ।

उनी सुब्बा साब, पशुपतिप्रसाद, लप्पन छप्पन,कारखानालगायतका फिल्ममा देखा परिन् । तर, पशुपतिप्रसादवाहेक सबै असफल । यसरी फ्लप हिरोइनको ‘ट्याग’ लागेकै बेलामा उनले ‘मेरो पैसा खोइ ?’ नामक फिल्ममा अनुबन्ध भएर अन्तिम पलमाधोका दिएको खबर बाहिरियो ।

त्यसअगाडि पनि उनले एक सर्ट फिल्मलाई यस्तै व्यवहार गरेकी थिइन् । यसले स्वभाविक रुपमा उनको साख धुमिल्याउने भइहाल्यो । सायद यही कारण हुनुपर्छ, करिअरको सुरुवातमै वर्षालाई फिल्मको सुख्खा लागेको छ । र, अहिलेचाहीँ म्युजिक भिडियोमै रमाउनु उनको लागि बाध्यता बनेको छ ।
नेपाल साप्ताहिकबाट

Barsha siwakoti

विशेष