मनोरञ्जन

‘किक २’ मा जम्ने भयो सलमान र दिपिकाको जोडि

‘किक २’ मा जम्ने भयो सलमान र दिपिकाको जोडि

एजेन्सी । दर्शकलाई लामो समयदेखि बलिउड अभिनेता सलमान खान र अभिनेत्री दिपिका पादुकोणलाई सँगै स्कृनमा हेर्ने कौतुहुलता थियो । अब यो इच्छा चाँडै नै पुरा हुने भएको छ । यसअघि दिपिकाले सलमानसँग काम गर्न अस्वीकार गरेका समाचारहरु पनि धेरै आएका थिए । तर, अब दिपिकाले सलमानसँग फिल्म ‘किक २’ मा सँगै काम गर्ने भएकी छिन् ।

सलमान र दिपिका द्वयले फिल्म ‘टाइगर जिन्दा है’ मा सँगै काम गर्ने भएका थिए । तर, दिपिका त्यसबखत फिल्म ‘पद्मावती’ को सुटिङमा व्यस्त भएकाले उक्त फिल्ममा कट्रिनालाई अनुबन्ध गराइयो ।

भारतीय मिडियाले जनाएअनुसार पहिलो फिल्म ‘किक’ मा काम गरेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजले ‘किक २’ मा काम नगर्ने भएकी छिन् ।

salman khan and deepika padukune

विशेष