मेहबुव आलम फेरी राष्ट्रिय टोलीबाट बाहिरिए
लामो समयपछि नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका मेहबुब आलमले फेरी आइसिसि विश्व च्याम्पियनसिप छनौट अन्र्तगत आगामी अक्टोवर १३ र १५ तारिखमा हङकङमा हुने दुवै खेल गुमाउने भएका छन् ।
उनको खुट्टाको बुढी औलामा रगत जमेका कारण खेल्न असर्मथ रहेको बताईएको छ । असोज एकगतेनै नेपाली राष्ट्रिय टोली अभ्यास गर्न भारतको चेन्नाई पुगिसकेको छ । उक्त टोलीमा आलम पनि समावेश भएपनि उनको चेन्नाईमा उपचार हुने बताईएको छ । उपचारपछि उनी नेपाल आउने कार्यक्रम रहेको छ । उनी एकदिवसीय क्रिकेटमा एकै खेलमा १० विकेट लिने एकमात्र नेपाली खेलाडी हुन् ।
त्यस्तै नेपाली टोलीको एक पिल्लरको रुपमा चिनिएका स्पिनर शक्ती गौचन पायल्स भएका कारण प्रतियोगितामा भाग लिने छैनन् । ढाड दुख्ने समस्याका कारण राष्ट्रिय टोलीका अर्का सदस्य दिलिप नाथले पनि प्रतियोगीताबाट आफ्नो नाम पहिलेनै फीर्ता गरेका छन् । मेहबुब आलम नेपाली क्रिकेट टोलीबाट अलराउण्डर प्रर्दशन गर्ने गर्दछन् ।
नेपाललाई विश्वकप च्याम्पिनसिपमा प्रवेश गर्नको लागि अब बाँकी रहेको सबै खेल जित्नैपर्ने दबाव रहेको छ ।
mehbub alam