स्वास्थ्य

डडेल्धुरामा निशुल्क स्वास्थ्य शिविर

डडेल्धुरामा निशुल्क स्वास्थ्य शिविर

बगरकोट, डडेल्धुरा । डडेल्धुरामा यही भाद्र २५ गतेदेखि सुरु भएको निशुल्क स्वास्थ शिविर भोली मंगलबारसम्म सञ्चालन हुनेछ । भागेशवर गाउँपालिकाको आयोजनामा हुन भएको उक्त स्वास्थ शिविरमा रुपाल स्वास्थ्य चौकी सह आयोजक रहेको छ भने शिविरमा चिरञ्जीवी पोलिकिलनिकको प्राविधिक सहयोग रहेको छ ।

भागेश्वर गा.वि.स—५,शिराडमा भाद्र २५ गते भएको स्वास्थ्य शिविरमा करिब ११२ जनाले निशुल्क स्वास्थ्य सेवा पाए । त्यस्तैगरि रुपालीगडमा २८९ जनाले रुपालमा २२४ जनाले भने भागेश्वर गाउँपालिका १ पत्रममा २२१ जनाले निशुल्क स्वास्थ्य शिविर पाए । भाइरल ज्वरोलाई नियन्त्रण गर्न नसकिएको अवस्था हुँदा यो शिविरको आयोजना गरिएको हो ।

डा.निर्मला भट्टले हालसम्म शिविरमा भाग लिने बिरामीको स्वास्थ्य जाँच गरिरहेकी छिन् । हालसम्म बिरामीहरुका लागि रु एक लाख बराबरको औषधी निशुल्क वितरण गरिएको लोकेन्द्र शिंहनेगीले बताए । केही प्राविधिक समस्याका कारण बीचमा दुईदिनसम्म शिविर सञ्चालन नभएपछि भोली मंगलबारसम्म उक्त शिविर सञ्चालन हुनेछ ।

dadeldhura

विशेष