हङकङ विरुद्धको खेलका लागि नेपाली टोली तयार, दुई नयाँ खेलाडी
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यी नेपाली टोलीमा दुई नयाँ अनुहार थपिएका छन् । टोलीका नयाँ खेलाडीको रुपमा लेफ्ट आर्म मिडियम पेश बलर ललित भण्डारी र लेफ्ट आर्म स्पीनर सुशील कँडेल छन् ।
नेपाली टोलीमा हङकङ विरुद्धको खेलमा बलरको संख्या बढी देखिएको छ ।
नेपाली टोलीको १४ सदस्यः
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उप–कप्तान)
सागर पुन
विनोद भण्डारी
दिपेन्द्रसिंह ऐरी
शरद भेष्वाकर
बसन्त रेग्मी
सन्दिप लामिछाने
सुशन भारी
ललित भण्डारी
सुशील कँडेल
वैकल्पिक :
जितेन्द्र मुखिया
नरेश बुढायर
कुसल भुर्तेल
मेहबुब आलम ( उनको खुट्टाको बुढी औलामा रगत जमेका कारण खेल्न असर्मथ रहेको बताईएको छ )
नेपालले आफ्नो बाँकी रहेको सबै खेल भने जित्नै पर्ने दबाब छ ।