इतिहासमा आज

विज्ञानमा नयाँ फड्को, डाक्टरले सफलतापूर्वक पाठेघर प्रत्यारोपण गरे

विज्ञानमा नयाँ फड्को, डाक्टरले सफलतापूर्वक पाठेघर प्रत्यारोपण गरे


सन् २०१२ सेप्टेम्बर १८ मा अमेरिकी चिकित्सकहरुले एक ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।

उनीहरुले विज्ञानमै पहिलोपटक महिलाको शरीरमा पाठेघरको सफलत प्रत्यारोपण गरेका हुन् । विश्वमा अहिलेसम्म विभिन्न मानव अंगको प्रत्यारोपण भएको भएपनि पाठेघरको प्रत्यारोपण हुन सकेको थिएन । ९ घण्टाको जटिल शल्यक्रियापछि १ महिलामा पाठेघर प्रत्यारोपण गरिएको हो ।

पाठेघर नभएकी तर गर्भाधारण गर्ने चाहना भएकी २६ वर्षीया युवतीमा डाक्टरले पाठेघर प्रत्यारोपण गरे । यो सफलतासँगै जन्मैदेखि गर्भाशय नभएका वा कारणवश गर्भाशय फ्याँक्नुपरेका महिलालाई समेत पुनः गर्भाशय प्रत्यारोपण गरी आमा बन्न सम्भव भएको डाक्टरको भनाई छ । पहिलोपटक प्रत्यारोपित गर्भाशय पूर्णरुपमा स्वस्थ रहेको र ती युवतीले सफलतापूर्वक गर्भाधारण गर्न सक्ने डाक्टरहरुको भनाई छ ।

यसरी गर्भासय प्रत्यारोपण गरेपछि महिलाले नियमित रुपमा ओखती खानुपर्छ । त्यसैले यदि महिलाले प्रत्यारोपित पाठेघरमा गर्भाधारण गरी बच्चा जन्माएपछि २–३ वर्षपछि त्यसलाई निकालेर फ्याँकिन्छ । यसो गर्दा महिलाले सधै ओखती खाइरहनु पर्दैन ।

विशेष