स्वास्थ्य

नवजात शिशुलाई तेलले मालिस गर्नुहोस् फाइदै फाइदा

नवजात शिशुलाई तेलले मालिस गर्नुहोस् फाइदै फाइदा

भनिन्छ नवजात शिशु काचो माटो जस्तै हो, जसलाई कुमालेले आफ्नो हातले आकार दिए जस्तै दिन सकिन्छ । हामीले गर्ने मसाजअनुसार नै बच्चाको वृद्धि विकास हुने गर्दछ । जन्मिदा लगाएको तेल बुढेसकालमा देखिन्छ भनेर ।

यहा बच्चालाई तेलले मालिस गर्दा हुने केही फाईदाहरु दिइएको छ, यो पढेपछी बच्चालाई मालिस गर्ने काम गर्न तपाईलाई उत्सुकता मिल्ने छ ।

१. आमाको आत्मियता

मालिस गर्नाले आमा र बच्चाले एकअर्कालाई राम्ररी चिन्न सक्छन् । मालिस गरिदिने मानिसप्रति नवजात शिशुको झुकाव बढ्न थाल्छ । बच्चाले मालिस गर्ने मानिसको स्पर्श महशुश गर्ने गर्दछ । यसकारण सकेसम्म आमाले नै आफ्नो नवजात शिशुलाई मालिस गर्नु आवश्यक हुन्छ ।

२. भावनाको विकास

मालिससँग नवजात शिशुको भावना पनि जोडिएको हुन्छ । तपाई शिशुलाई कसरी मालिस दिईरहनु भएको छ यसले उसको भावनाको विकासमा पनि मद्दत गर्दछ । त्यसैले सधै मायालु बनेर, शान्त वातावरणमा नझर्की शिशुलाई मसाज गर्नुहोस् ।

३.सुरक्षाको अनुभुती

मालिसले शिशुलाई न्यानो सुरक्षाको अनुभुति दिलाउँछ । मायासंगै पाएको सुरक्षाको मद्दतले निर्धक्क खेल्न वा वृद्धि विकासमा मद्दत पुग्दछ ।

४. शारिरीक बनावटको विकास

मालिसले शिशुको शारिरीक बनावटलाई केही हदसम्म मिलाउन सकिन्छ भन्ने विस्वास गर्नेगरिएको छ । हुनपनि कतिपय नवजात शिशुको नाक, कान तथा औलाहरु सिधा वा प्राकृतीक रुपमा ल्याउन तपाइले गर्ने मालीसले अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्दछ ।

 

विशेष