Technology

सामसङको ग्यालेक्सी नोट ८ सार्वजनिक, मूल्य १ लाख २ हजार

सामसङको ग्यालेक्सी नोट ८ सार्वजनिक, मूल्य १ लाख २ हजार


काठमाडौं । सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो ।

कम्पनीले सोमबार आफ्नै भवनमा एक कार्यक्रम आयोजना गरी उक्त फोन सार्वजनिक गरेको हो ।  यो अहिलेसम्मकै ठूलो डिस्प्लेयुक्त फ्ल्यागसिप स्मार्टफोन हो । फोनमा डुअल रियर क्यामरा छ । साथै एस पेन स्टाइल नयाँ प्रणाली भएका कारण जुनसुकै क्षेत्रका ग्राहकको रोजाइमा पर्छ, फोनमा ६.३ इन्चको क्वाड एचडी इन्फिनिटी डिस्प्ले जडान गरिएको छ । किनारामा बेजल्स राखिएको छ भने फोनको स्क्रिन सुपर एमोलेड छ ।

यसका ग्राहकलाई एनसेलको १६ जिबी डाटा निःशुल्क उपलब्ध छ भने शिखर इन्स्योरेन्सबाट आठ महिनासम्मका लागि ब्रेकेज इन्स्योरेन्स स्मार्ट एकाडेमी र भिआइपी सर्भिस एक्सेस सेवा कम्पनीले प्रदान गर्ने स्थापितको भनाइ छ ।

सामसङ ग्यालेक्सी नोट ८ को विशेषता

हेर्दा निकै आकर्षक देखिन्छ । नोट ८ भएका कारण पनि नयाँ विशेषता स्वाभाविक रुपमा हुन्छ । यस फोनमा डुअल क्यामेरा लेन्सको प्रयोग भएको छ । दुवै रियर क्यामेरा अप्टिकल इमेल स्टेबलाइजर सहितको १२ मेगापिक्सलको छ ।

यसमा भएको यस्तो सुविधाबाट भिडियो हेर्दै गरेको अवस्थामा साथीलाई म्यासेज वा फोन गर्न सहजै सकिन्छ । यसमा भएको यस पेनले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँनयाँ फिचरहरु सञ्चालन गर्न सकिन्छ । साथीसँग कुराकानी गर्दा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ ।

सेल्फीका लागि फ्रन्ट क्यामेरा ८ मेगापिक्सलको छ । अक्टाकोर स्न्यापड्रागन ८३५ र एक्सोनेट ८८९५ प्रोसेसर प्रयोग गरिएको छ । अमेरिका र भारतबाहेकका देशमा एक्सोनेट ८८९५ चिपमा मात्र उपलब्ध हुनेछ । कम्पनीले यसमा ¥याम क्षमतामा पनि वृद्धि गर्दै ६ जिर्बी याम राखेको छ ।

अमेरिकी बजारमा सामसङ ग्यालेक्सी नोट ८ को मूल्य नौ सय ३० डलर रहेको छ । नेपालमा भने यसको मूल्य एक लाख दुई हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । ग्राहकले अग्रिम बुकिङमा सामसङ कन्भर्टिबल ८ हजार रूपैयाँ बराबरको वायरलेस चार्जर उपहार पाउने कम्पनीले जनाएको छ ।

विशेष